जोकोभिचलाई हराउँदै अल्काराज युएस ओपनको फाइनलमा

पोखरा स्पोर्ट्स ।  विश्व नम्बर दुई टेनिस खेलाडी कार्लोस अल्काराज र नोभाक जोकोभिचको भिडन्तमा अल्काराजले बाजी मारेका छन् ।

युएस ओपनको सेमीफाइनलमा ३८ वर्षीय जोकोभिचलाई हराउँदै अल्काराजले फेरि एक पटक युएस ओपनको फाइनलमा स्थान बनाएका छन् ।

२२ वर्षीय स्पेनी युवा खेलाडी अल्काराजले २४ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचलाई कडा टक्कर दिदै ६–४, ७–६ (७–४), ६–२ को सेटमा जित हासिल गरेका थिए ।

पहिला दुई सेट धेरै कठिन थिए, तर तेस्रो सेटको सुरुमा सर्बियाली खेलाडी जोकोभिचले थकानसँग संघर्ष गर्न थाले र खेलको अन्तर बढ्यो ।

२०२२ को च्याम्पियन अल्काराजले अब आइतबार हुने फाइनलमा इटालीका जानिक सिन्नर र क्यानडाका फेलिक्स ओजे एलियासिमे बीचको सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close