पोखरामा इक्यान शैक्षिक मेला शुक्रबारदेखि, तयारी पूर्ण, आकर्षक उपहार र निःशुल्क बस सेवा

पोखरा स्पोर्ट्स । इक्यान कास्कीले भदौ २० र २१ गते (शुक्रबार र शनिबार० पोखरामा आयोजना गर्न लागेको आठौं ‘इक्यान शैक्षिक मेला’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । टाइम्स एजुकेशनलको मुख्य सहयोगमा हुने उक्त मेलाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शुक्रबार गर्ने कार्यक्रम तय गरिएको छ ।

मेलाको उद्घाटन समारोहमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईलगायतको उपस्थिति रहने जनाइएको छ । मेला संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीका अनुसार मेलामा इक्यानका सदस्य संस्थासहित करिब ७० स्टल रहनेछन् ।

प्रचारप्रसार संयोजक राजन पन्थीका अनुसार मेलामा सहभागी हुने पहिलो ५ सय जनालाई मुभी टिकट निःशुल्क प्रदान गरिनेछ । साथै, एक भाग्यमानीले ल्यापटप, अर्कोले स्मार्ट फोन र अर्काले ट्याबलेट उपहार जित्न सक्नेछन् ।

त्यस्तै, अन्य भाग्यमानी विजेताहरुलाई ५ वटा एअरबर्ड, ५ वटा क्वार्ड फोन, ५ वटा जेबिएल स्पिकर र ५ वटा हेडफोन उपहारस्वरूप प्रदान गरिनेछ ।

मेलामा सहभागीका लागि इक्यानले निःशुल्क बस सेवा पनि उपलब्ध गराएको छ । हेमजाबाट बगर, बिन्ध्यबासिनी, चिप्लेढुंगा हुँदै कार्यक्रम स्थलसम्म, तालचोकबाट पृथ्वीराजमार्ग हुँदै, र छोरेपाटनबाट बिरौटा, रत्नचोक, जिरो किमी हुँदै मेला स्थलसम्म बस सञ्चालन हुनेछ। यी स्थानहरूबाट प्रत्येक एक घन्टाको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।
ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close