‘उपराष्ट्रपती चिल्ड्रेन गेम्स’ गण्डकी प्रदेश छनौट प्रतियोगिता जेठको दोश्रो साता पोखरामा

पोखरा, २७ बैशाख । दोश्रो संस्करणको उपराष्ट्रपती चिल्ड्रेन गेम्स गण्डकी प्रदेश छनौट प्रतियोगिता जेठको १० गते पोखरामा हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिएका छन ।

१४ वर्ष ननाघेका तथा ८ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने उपराष्ट्रपती चिल्ड्रेन गेम्समा ६ वटा विभिन्न खेलहरु हुने कार्यालय प्रमुख योगीले बताए । योगीका अनुसार पहिलो संस्करणमा चार वटा मात्रै खेल भएकोमा यस पटक दुई वटा खेल टेबुल टेनिस र टिम गेम तर्फ एक मात्र खेल छात्र कब्बडी समावेश गरिएको छ ।

उपराष्ट्रपती चिल्ड्रेन गेम्स अन्तरगत एथलेटिक्स्, तेक्वान्दो, उशु, कराते, टेबुल टेनिस र छात्र कब्बडीका खेलहरु हुनेछन । जेठ १० गते पोखरामा छनौट भएका खेलाडीले जेठ १२–१४ गते काठमाण्डौमा सम्पन्न हुने राष्ट्रिय स्तरको उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रतियोगितामा सहभागिता जनाउने कार्यालय प्रमुख योगीले बताए ।

प्रतियोगितामा समाबेश भएका विभिन्न खेलका इभेन्टमा एथलेटिक्स तर्फ छात्र–छात्रा १०० र २०० मिटर दौड, लङ जम्प, ट्रिपल जम्प र हाई जम्प हुनेछन भने मार्शल आर्ट कराते तर्फ छात्र यू–३०, ३५, ४० केजी तौल र काता एकल, छात्रा तर्फ यू ३०, ३४, ३८ केजी तौल र काता एकलमा प्रतिष्पर्धा गराइने भएको क्षेत्रिय खेलकुदका डिबी नेपालीले जानकारी दिए ।

यसै गरि तेक्वान्दो छात्र तर्फ यू–३२–३५, ३५–३८, ३८–४१ केजी तौल समुह र पुम्से र छात्रा तर्फ २९–३२, ३२–३५, ३५–३८ र पुम्सेमा प्रतिष्पर्धा हुने नेपालीले जानकारी दिए । त्यसै गरि उशु तर्फ छात्र–छात्रा हाङक्वान, नानक्वान र ताइचीक्वान हुनेछन भने टेब्ुल टेनिस छात्र–छात्रा तर्फ सिंग्लस्, डबल्स र मिक्स डवल्सका प्रतिष्पर्धा हुनेछन । टिम गेम छात्र कब्बडीमा सहभागी हुने खेलाडीको तौल ५१ केजी भन्दा मुनी हुनु पर्ने प्रावधान राखिएको छ ।

जेठ १० गते हुने उपराष्ट्रपती चिल्ड्रेन गेम्सका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले आफ्नो आन्तरिक कार्य शुरु गरेको कार्यालय प्रमुख योगीले बताएका छन । ‘हाल हामी संग एथलेटिक्सका लागि मैदान नभएकोले हामीले एथलेटिक्सका खेल क्रिकेट खेल मैदानमा गर्ने गरि सोच बनाएका छौ’ उनले भने ।

गण्डकी प्रदेशका ११ जिल्ला बाट प्रत्येक जिल्ला बाट ३७ जना खेलाडी, ६ जना प्रशिक्षक र एक जना टोली नेता रहने गरि कुल ४ सय ८४ जनाले सहभागिता जनाउने छन । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले १४ लाख ३० हजार रुपैया पठाएको भए पनि लेखाको समेत कार्यभार सम्हालेका नेपालीले उक्त रकम अपुग हुने बताए । ‘पठाएको रकमले यातायात, आवास, खेल पोशाक, रेफ्री भत्ता, समारोह, शिल्ड, मेडल र प्रमाणपत्र सबै व्यवस्थापन गर्नुपर्नेछ जुन अपुग हुन्छ’ उनले भने–‘गत सस्करणमा दुई खेल नथप्दा पनि १६ लाख आएको थियो अहिले दुई खेल थपेर १४ लाख आएको छ, पहिल्यै रकम अपुग थियो, व्यवस्थापन गर्न निकै चुनौती छ ।’
छायाँ तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close