नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तानसँग पराजित

पोखरा स्पोर्ट्स । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफमा १-० को अग्रता लिएको ताजिकिस्तानले दोस्रो हाफमा ३ गोल गरेको थियो । 

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् ।

नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close