
पोखरा स्पोर्ट्स । दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
लिड्स क्रिकेट मैदानमा सम्पन्न सिरिजको पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटले जितेर सिरिजमा विजयी शुरुवात गरेको हो ।
इङल्याण्डले दिएको केवल १३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २०.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
दक्षिण अफ्रिकाका लाफी एडेन मार्क्रमले ८६ रन बनाएका थिए भने रयान रिकेलटनले ३१ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २४.३ ओभरमा अल आउट हुदै केवल १३१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि जामी स्मिथले सर्बाधिक ५४ रन बनाए भने जस बटलरले १५, जो रुटले १४ र कप्तान ह्यारी ब्रुकले १२ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर केशब महाराजले ४ तथा विआन मुल्डरले ३ विकेट लिएका थिए ।
यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।
