भलिबलमय हुदै पोखरा, एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

पोखरा स्पोर्ट्स । पोखरा यती बेला भलिबलमय हुदै गएको छ । यहि भदौ २० देखि २८ गते सम्म नेपालकै पहिलो महिला भलिबल लिग ‘एभरेष्ट महिला भलिबल लिग’ सुरू हुने भएसंगै पोखरा भलिबलमय बनेको हो ।

दोस्रो संस्करण पहिलो पटक राजधानी बाहिर आयोजित प्रतियोगिता सुरू हुनेसंगै प्रतियोगिताको खेल तालिका आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले सार्वजनिक गरेको छ ।

एभरेष्ट महिला भलिबल लिगमा नेपाली विभिन्न शहर र प्रदेशका गरी ६ टिमको सहभागिता रहने छ । लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close