
पोखरा स्पोर्ट्स । राजधानीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा पोखरा अब्सुल्युट तेक्वान्दो डोजाङका तीन खेलाडीहरुले जुनियरतर्फ ३ स्वर्ण पदक जितेका छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा आइतबार सम्पन्न प्रतियोगिता अन्तर्गत पुम्सेतर्फ उनीहरुले स्वर्ण पदक जितेको तेक्वान्दो प्रशिक्षक रेखामाया गुरूङले जानकारी दिएकी हुन् ।
१ हजार ७ सय भन्दा बढि खेलाडी सहभागिता जनाएको प्रतियोगितामा अब्सुल्युट डोजाङमा प्रशिक्षणरत उनीहरुले १४–१७ वर्ष उमेर समुहको प्रतिस्पर्धामा स्वर्ण पदक जित्न सफल रहेको प्रशिक्षक गुरूङले जनाएकी छन् ।
त्यस्तै इन्डिभिजुअलतर्फ एरिक र सुभनले काश्य पदक जितेका थिए । प्रतियोगिता तीन दिन सम्म सञ्चालन भएको थियो ।

