रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गोल गर्दै शुरुवाती अग्रता लिएपनि रायो भल्लेकानोले खेलको ६७औं मिनेटमा फ्रान पेरेजको गोलमा बराबरी गरेको थियो ।

यस सिजनका शुरुवाती दुवै खेल जितेको बार्सिलोना तेस्रो खेलमा बराबरीमा रोकिएको हो । यो बराबरीपछि बार्सिलोनाको ३ खेलमा ७ अंक भएको छ र हाल चौथो स्थानमा रहेको छ ।

त्यस्तै गरि रायो भल्लेकानोको भने यो यस सिजनमा पहिलो जित हो । ३ खेलमा ४ अंक भएको रायो भल्लेकानो हाल दशौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close