
पोखरा स्पोर्ट्स । ओलिम्पिक काउन्सिल अफ एसिया (ओसिए ले नेपाल ओलिम्पिक समितिको लेटरहेडमा आफ्नो लोगोको अनधिकृत प्रयोग गरेको आरोपमा ध्रुव बहादुर प्रधानलाई औपचारिक चेतावनी दिएको छ ।
ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले हस्ताक्षर गरेको पत्रमा ओसिएले आफ्नो बौद्धिक सम्पत्तिको गलत प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पत्रमा भनिएको छ–“ओसिएको पूर्व स्वीकृति बिना लोगोको प्रयोग गर्नु नियम उल्लंघन हो र कानुनी कारवाहीको विषय बन्न सक्छ।”
“यो औपचारिक चेतावनी हो । यदि तपाईंले ओसिएको लोगोको प्रयोग तुरुन्त बन्द गर्नुभएन भने, ओसिएले तपाईं विरुद्ध उपयुक्त कानुनी कारवाही गर्नेछ,” पत्रमा स्पष्ट उल्लेख गरिएको छ।
उक्त पत्रको वोद्यार्थ नेपाल ओलिम्पिक कमिटि र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिलाई पनि पठाइएको छ । ओसिएले नेपाल ओलम्पिक विवादका बीच लोगो प्रयोगको विषयलाई गम्भीर रूपमा लिएको छ ।
ओसिएले आफ्नो लोगो अनाधिकृत रुपमा प्रगोग गरेमा कारवाहीलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने सम्भावना रहेको छ ।
राखेप निकट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष प्रधानले यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका भने छैनन् ।
यता प्रधान नेतृत्व कमिटिले सातदोवाटोस्थित एनओसी विल्डिङ हस्तक्षेप गर्दै कार्यालय सञ्चालन सुरूवात गरेको छ । सो एनओसी कार्यालय पनि एओसी र आइओसीको सहयोगमा निर्माण भएको हो । यता गठन भएको प्रधान नेतृत्वको कमिटिलाई राखेपले समेत अझै मान्यता दिएको छैन ।
एनओसीको निर्वाचन सम्वन्धि मुद्धा अझै पनि अदालतमा विचाराधिन छ ।

