बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

पोखरा स्पोर्ट्स । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बर्नलीमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रयान एम्बेउमो र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल बोर्न माउथका जोस कुलेनले आत्मघाती गरेका थिए ।

त्यसैगरी बर्नलीका लागि लिले फोस्टर र जैडोन एन्थोनीले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो खेलमा पहिलो जित हो ।

युनाइटेडले यस अघि एक खेल हार बेहोरेको थियो भने एक खेल बराबरी खेलेको थियो । त्यस्तै बर्नलीको यस सिजनमा तेस्रो खेलमा यो दोस्रो हार हो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close