
पोखरा स्पोर्ट्स । साउथ अस्ट्रेलियाले नेपाललाई २४३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको हो ।
नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।
अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

