नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै

पोखरा स्पोर्ट्स । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

हाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलियामा रहेको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close