घमबहादुर विश्व आईटीएफमा निर्णायकको भूमिकामा

पोखरा स्पोर्ट्स । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका महासचिव समेत रहेका उनी अक्टोबर ३ देखि १२ तारिखसम्म इटालीको जेसोलोमा हुने प्रतियोगिताका लागि निर्णायकको भूमिकामा रहने छन् ।

आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनित गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले जनाएको हो ।

उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको बताइएको छ ।

आईटीएफले थापालाई दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनित गरेको हो । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close