म्यानचेस्टर युनाइटेड चौथो डिभिजन क्लबसँग पराजित, कारबाओ कपबाट बाहिरियो

पोखरा स्पोर्ट्स । म्यानचेस्टर युनाइटेड इएफएल कप (कारबाओ कप) बाट बाहिरिएको छ ।

गएराती सम्पन्न खेलमा चौथो डिभिजन क्लब ग्रिम्सबी टाउनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै म्यानचेस्टर युनाइटेड कारबाओ कपबाट बाहिरिएको हो ।

निर्धारित समयमा २२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा ग्रिम्सबी टाउनले १२११ ले जित हासिल गरेको थियो ।

निर्धारित समयमा २० ले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलमा कमब्याक गर्दै खेल बराबरी गरेपनि पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

ग्रिम्सबी टाउनका लागि चार्लेज बेर्नाम र टीरेल वारेनले गोल गर्दा म्यानचेस्टर युनाइटेडविरुद्ध शुरुवाती २० को अग्रता दिलाएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि खेलको ७५औ मिनेटमा ब्रायन एम्बेउमो र ह्यारी मग्युरोले गोल गर्दै खेलमा फर्काएका थिए ।

योसँगै कारबाओ कपको तेस्रो चरणमा पुगेको ग्रिम्सबी टाउनले अब दोस्रो डिभिजन क्लब शेफिल्ड वेडनसडेसँग खेल्ने छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close