
पोखरा स्पोर्ट्स । पोखरा १० स्थित रामघाट यूवा क्लबद्वारा सञ्चालित फुटबल प्रशिक्षणमा रहेका खेलाडी, बुल्समेन क्लबले मंगलबार पोखरा रंगशालाको सरसफाई गरेका छन् ।

प्रदेशमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभियानका साथ अघि बढेको रामघाट यूवा क्लबमा हाल ६० जना यूवाहरु प्रशिक्षणरत छन् । १६ वर्ष मुनी र १६ देखि २२ वर्ष सम्मका युवाहरुलाई कबले दैनिक प्रशिक्षण दिंदै आएको क्लबका संरक्षक नुना गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
उनले भने–“हामी युवाहरुलाई प्रशिक्षणसँगै सामाजिक अभियानमा समेत् सक्रिय बनाउन चाहन्छौं । यसले उनीहरु भित्र रहेको अन्र्तनिहित क्षमता प्रस्फुटब हुन्छ ।” उनीहरुलाई दैनिक पोखरा रंगशालाको प्रशिक्षण मैदानमा क्लबले प्रशिक्षण दिंदै आएको छ ।
सोही कार्यक्रममा बुल्समेन क्लबका सल्लाहकार अभिषेक गुरूङले प्रशिक्षणरत खेलाडीहरुलाई ६० थान खेल पोशाक, २० थान कोन र १० थान बल हस्तान्तरण गरेका छन् । जिल्ला खेलकुद कास्कीका अधयक्ष मिलन गुरूङ, जिल्ला खेलकुदका उपाध्यक्ष तिलक अधिकारी र जिल्ला फुटबल संघको रोहबरमा उनीहरुलाई ति सामाग्रीहरु प्रदान गरिएको हो ।
सहयोगी मनका धनी अभिषेकले प्रदान गरेका खेल सामाग्रीहरुले क्लबमा प्रशिक्षणरत खेलाडीहरुको हौसला बढ्ने संरक्षक गुरूङले बताए । उनले भने–“यो हाम्रो लागि ठूलो सहयोग हो । क्लबका तर्फबाट म उहाँलाई आभार व्यक्त गर्न चाहन्छु । यस्तै मनकारीहरुकै कारण नेपाली खेलकुद बाँचेको छ । युवाहरुमा खेल्ने प्रेरणा मिलेको छ ।”

