नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

पोखरा स्पोर्ट्स । नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जितेको छ । नेपालले एसिटीविरुद्धको दोस्रो खेल ६ विकेटले जितेको हो ।

एसिटीले दिएको ९७ रनको लक्ष्य पछाएको नेपालले १३.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि एसिटीले पहिला ब्याटिंग गर्दै १७.२ ओभरमा अलआउट हुदै ९६ रन बनाएको थियो । यसअघि आजै सम्पन्न एसिटीविरुद्धको पहिलो खेल नेपालले ४१ रनले जितेको थियो ।

नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया-इएपी छनौट को तयारीका लागि यी अभ्यास खेलिरहेको क्यानले बताएको छ । नेपाली टिमले अब साउथ अस्ट्रेलियासँग २ टी-२० र एक एकदिवसीय खेल खेल्ने छ ।

नेपाली टिमले साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close