यस्तो छ आसामविरुद्ध खेल्ने नेपाली ए टिमको खेल तालिका

पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय क्रिकेट ए टिमले भारतको आसाम राज्यस्तरको टिमसँग खेल्ने सिरिजको खेल तालिका सार्बजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल ए टिमले अगस्त २८, २९, ३०, ३१ र सेप्टेम्बर १ मा गरि कुल ५ खेलको टी-२० सिरिज खेल्दैछ ।

यी खेलहरु शुरुका दुई खेल बिहान ११ बजेदेखि शुरु हुने छन् भने बाँकी खेल साँझ ५ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

यस सिरिजका लागि क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिमको घोषणा गरेको छ ।

जसमा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close