
पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो १० औं स्थापना दिवशको अवसरमा राजधानीमा रक्तदान कार्यक्रम र चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा ९० जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा सभापति देउवाले खेलकुदमा देखिएका बिसंगती र बिकृतीको बिरुद्ध आवाज उठाउँदै नेपाली खेलकुदको विकास, खेलाडी हकहितको पक्षमा आवाज उठान संघको स्थापना भएको भन्दै उद्धेश्य प्राप्तीका लागि शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संघको स्थापना र कृयाकलापको बारेमा ब्याख्या गर्दै नेपाली खेलकुदमा राज्यको दृष्टि पुग्न नसकेको र राज्यको आर्थिक सम्बृद्धिको मेरुदण्डको रुपमा रहेको खेलकुदको विकास गर्न राज्यले लगानी गर्नु पर्ने भन्दै नेपाली काँग्रेस त्यसमा सहयोग गर्न सदा तत्पर रहेको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको सभापतित्वमा भएको कार्यक्रमा नेपाली काँग्रेसका उपसभापती एवं पूर्व मन्त्री धनराज गुरुङ्ग, पूर्व महामन्त्री, सहमहामन्त्री जीवन परियार, पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य कृष्ण प्रसाद सिटौला, पूर्व महामन्त्री एवं पूर्व मन्त्री शशांक कोइराला, नेपाली काँग्रेशका प्रवक्ता एवं पूर्व मन्त्री प्रकाश शरण महत लगायत विभिन्न भातृ संगठनका प्रमुखहरु, विभिन्न संगठनका प्रमुखहरु, राष्ट्रिय संघका अध्यक्ष र पदाधिकारीहरु, विभिन्नतह र तप्काका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
