
पोखरा स्पोर्ट्स । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलेआजदेखि अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ ।
नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ ।
जसमा पहिलो खेल बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।
त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ ।
त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि शुरु हुदैछ ।
