भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

पोखरा स्पोर्ट्स ।  भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट रहेको ड्रीम-११ लाई हटाइएको छ ।

एसिया कप २०२५ अगाडि, ड्रीम ११ भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकको रूपमा पछि हटेको एनडीटीभीले उल्लेख गरेको छ ।

सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कपमा भारतीय टोलीको जर्सीमा ड्रीम ११ को ब्रान्डिङ देखिने सम्भावना कम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतको संसदबाट अनलाइन गेमिङ विधेयक २०२५ पारित भएपछि यस्तो निर्णय गरिएको बताइएको छ । विधेयकले ड्रीम ११ जस्ता गेमिङ प्लेटफर्महरूलाई प्रतिबन्ध लगाएको छ ।

ड्रीम ११ ले २०२३ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग ५७३ करोडमा तीन वर्षको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको थियो, जुन २०२६ सम्मको लागि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close