
पोखरा स्पोर्ट्स । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेश संग पराजित भएको छ ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल ३–० ले पराजित भएको हो । खेलमा बंगलादेशकी प्रितीले ह्याट्रिक गरिन् । पहिलो हाफमा २ गोल गरेकी उनले दोस्रो हाफमा थप एक गोल गर्दै नेपाललाई दबाबमा राखिन् ।
नेपालको लगातार यो दोस्रो हार हो । अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् ।
यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।
डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
