
पोखरा स्पोर्ट्स । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्स एससीओलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा फाबियन रुइजले खेलको ५०औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको २ खेला ६ अंक भएको छ र हाल लिगमा दोस्रो स्थानमा रहेकोछ ।
त्यसैगरी लिगमा पहिलो खेलमा जित हासिल गरेको एन्जर्स एससीओले भने दोस्रो खेल हारेको छ ।
