
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्यामविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जोआओ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज,मोइसेस काइसेडो र ट्रेभोह चालोबाहले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामकालागि लुकास पाक्वेटाले एक गोल गरेका थिए ।
लिगको पहलो खेलमा बराबरी खेलेको चेल्सीको यस सिजनमा पहिलो जित हो । त्यस्तै वेस्ट ह्यामले भने यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।
