
पोखरा स्पोर्ट्स । नेपाली महिलाहरुको तीजको अवसरमा कास्कीमा खुल्ला महिला डोरी तान प्रतियोगितामा पोखरा २९ को मिलनशिल महिला समुह बिजेता बनेको छ ।

कास्की जिल्ला डोरीतान संघको आयोजना सम्पन्न प्रतियोगितामा यहि भदौ ६ गते भएको हो । प्रतियोगितामा आयोजक कास्की डोरीतान संघ दोस्रो भएको छ भने हिमला महिला समुह पोखरा २६ ले तेस्रो स्थान हात पारेको गण्डकी डोरीतान संघका अध्यक्ष विष्णु पुनले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
पोखरा ३१ स्थित किमबेशि गोरखनाथ महिला समुह चौथो हुदै सान्त्वना स्थान प्राप्त गरेको गरेको छ ।
प्रतियोगितामा विजेता टिमले नगद रु ३० हजार, उपविजेताले नगद रु २० हजार, तेस्रो हुने टिमले नगद रु १० र सान्त्वना हुनेले नगद रु ५ हजारमा साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मीले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रम सयोजक कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रममा सचिब भिम कुमारी पुन, विष्णुहरी भुगाईले आफ्ना भनाई राखेका थिए । प्रतियोगितामा उल्लेख्य रुपमा महिलाहरुको सहभागिता रहेको थियो ।
