
पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि घरेलु टोली पोखरा निन्जाजले सर्बियाकी ३१ वर्षीया आउटसाइड हिटर केकमानलाई अनुबन्धन गरेको छ । पोखराले उनलाई पहिलो विदेशी खेलाडीका रूपमा घोषणा गरेको हो ।
केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा र रोमानियाका शीर्ष लिगमा खेलिसकेकी छन् । साथै, उनले सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमको प्रतिनिधित्व पनि गरेकी छिन् ।
पोखरा निन्जाजले केकमानलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी व्यक्त गरेको छ । टोली व्यवस्थापनले उनले सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
केकमान स्वयं पनि एभरेष्ट महिला भलिबल लिगमा सहभागी हुन पाउँदा उत्साहित भएको बताएकी छन् । उनले पोखरा निन्जाजलाई उपाधि दिलाउन आफ्नो अनुभव र खेल कौशलले ठूलो भूमिका खेल्ने लक्ष्य राखेकी छन् ।
इन्फिनिटी ड्रीम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुने छ ।
