साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित

पोखरा स्पोर्ट्स ।  नेपालले साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आयोजक भुटानमाथि जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा कमब्याक गर्दै २-१ को जित निकालेको हो ।

यो नेपालको दोस्रो खेलमा पहिलो जित हो । नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो ।

त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । भुटानले यस अघि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलको हार बेहोरेको थियो ।

नेपालले अब प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close