पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  पाकिस्तान शाहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको हो ।

पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाए भने अब्दुल सामदले २६, मुहमद वासीम जुनियरले २३ र यासिर खानले १८ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close