
पोखरा स्पोर्ट्स । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो छैटौं तथा अन्तिम खेल पाकिस्तान शाहिन्स सँग खेल्दैछ । यो पाकिस्तानको ए टिम हो ।
यस खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
नेपालले सिरिजमा यस अघि खेलेका ५ खेलमा २ जित र तीन खेलमा हार बेहोरेको छ । नेपाल हाल अंक तालिकामा सातौं स्थानमा रहेको छ र सेमिफाइनलको सम्भावना अब निकै कम रहेको छ ।
नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई र पाँचौं खेलमा मेलवर्न रेनेगेड्सलाई पराजित गरेको थियो ।
त्यस्तै पाकिस्तान ए टिमले भने अहिलेसम्म खेलेका ५ खेलमा ३ जित र २ हार बेहोरेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
यस खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, सोमपाल कामी, नन्दन यादव र लोकेस बम खेल्दैछन् ।
