एनपीएलको दोस्रो संस्करणको आयोजना मितिको घोषणा

पोखरा स्पोर्ट्स । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आयोजना मिति तय गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गते (नोभेम्बर १७ देखि डिसेम्बर १३ ) सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको छ ।

क्यानले दोस्रो संस्करणको लागि मिनी अक्सन पनि साउन २४ गते सम्पन्न गरिसकेको छ ।

एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close