टप इण्ड टी–२० सिरिजः विजयी लयमा फर्कियो नेपाल, सोमपालले लिए ५ विकेट

पोखरा स्पोर्ट्स । नेपालले अस्ट्रेलियमा जारी टप इण्ड टी–२० अष्ट्रेलियन क्लब मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । यो जीतसंगै नेपाल प्रतियोगितामा लगातार दोस्रो जीत हात पार्दै बीजयी लयमा फर्किएको छ ।

बुधबार सम्पन्न खेलका टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २९ रन, दिपेन्द्र सिंह ऐरीले २७ रन, र लोकेश बमले २४ रन जोडे । रुपेश सिंहले १६ रनको योगदान दिए ।

विपक्षीका लागि क्यालम स्टो र लाच्लान बाङ्सले २–२ विकेट लिए ।

जवाफमा १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स एकेडेमी २० ओभरमा सबै विकेट गुमाएर १०६ रनमै अल आउट भयो । उनीहरूका लागि अर्जुन नेयरले २६ रन र जाइ लेमिरेले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी चम्किए, उनले ४ ओभरमा १७ रन दिँदै ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट, जबकि शहाब आलम र रुपेश सिंहले १–१ विकेट हात पारे।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो । यस अघि सिरिजमा लगातार तीन हारपछि नेपालले लगातार दुई खेलमा जित हासिल गरेको छ । अब नेपालले शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close