स्पोर्टस क्यासलद्वारा 1974 AD ब्याण्डलाई स्वागत

पोखरा, स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको 1974 AD ब्याण्डलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो ।

ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा तथा मनोज कुमार केसीलाई क्यासलका सञ्चालक बिजया गुरुङ, चन्द्रमान गुरुङ, ईश्वर गुरुङ तथा अनमोल पालिखेले संयुक्त रुपमा खादा तथा मायाको चिनोले स्वागत गरे ।

उक्त अवसरमा ब्याण्ड मेम्बर तथा डेभिजफल्स क्लबका अध्यक्ष पुष्प बराल, सल्लाहकार कुमार गुरुङ, रबिन गुरुङ, सल्लाहकार मिलन गुरुङ कन्दरा ब्याण्डका गितारिष्ट अमित गुरुङ, जनप्रिय उच्च माबिका स्वबियु सभापति आशिष गुरुङ क्यासलमा रहेको ब्यायामशालाको अवलोकन गरेका थिए ।

स्पोर्टस क्यासलमा छोरेपाटन एकेडेमीका जुनियर टिमसँग ब्याण्ड मेम्बरले मैत्रीपुर्ण फुटसल समेत खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close