नन्दन यादवको ५ विकेट, अस्ट्रेलियामा नेपालको पहिलो जित

पोखरा स्पोर्ट्स । नेपालले होबार्ट हुरीक्यान्सलाई ६७ रनले पराजित गरेको छ । 

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको थियो ।

नेपाललाई जिताउने क्रममा बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए । त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २-२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।

नेपालको जारी सिरिजमा चौथो खेमा यो पहिलो जित हो । अब नेपालले अर्को खेल भोली मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close