
पोखरा स्पोर्टस । पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबल तर्फ त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पाखा लगाउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेनजन नायक बने । खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले डिएरिया भन्दा बाहिरबाट गरेको प्रहारले जालि चुमेको हो । २९ औं मिनेटमा दिनेश हेनजनले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । पहिलो हाफ २–० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि गोल गर्न भने सकेन ।
जितसँग आर्मी ६ अंकका साथ शीर्षस्थानमा रहन सफल भएको हो । आर्मीले यस अघि लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो । यस्तै २ टिममात्रै रहेको समूह ‘डी’ बाट सुदुरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमले कर्णाली प्र्रदेशलाई ५–३ गोल अन्तरले हराउँदै ३ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
उता आइतबार नै समूह ‘ए’ अन्तरगत गण्डकी प्रदेश र एनआरएन बीच खेल हुने भनिएपनि प्राविधिक कारणले खेल रद्ध भएको छ । एनआरएनले स्वदेशी खेलाडीलाई नै खेलाएको भन्दै यस भएको खेलमा प्रदेश नं. १ ले ८ जना खेलाडी विरुद्ध प्रोटेस्ट दिँदै नतिजा आफ्नो पक्षमा हुनुपर्ने माग गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले छानविन गर्दै नतिजा प्रदेश नं. १ को पक्षमा पारेको थियो । उक्त खेल एनआरएनले २–० ले जितेको थियो ।
रद्ध खेलको निर्णय गण्डकीको पक्षमा आए गण्डकी सेमिफाइनलमा प्रवेश गर्नेछ । गण्डकीले प्रदेश नं.१ लाई २–० ले हराउँदै ३ अंक जोडेको छ । प्रदेश १ को पनि ३ अंक नै रहेको छ । समूह ‘बी’ अन्तरगत बागमती प्रदेश र एपिएफभने खेल्न बाकीँ रहेको छ । दुबै टिमको समान ३/३ अंक रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् ।
महिला फुटबलमा गोलको वर्षा, दुई खेलमा २१ गोल
फुटबलमा गोल हुनु स्वभाविक हो । तर अस्वभाविक नतिजा निस्कनु भने अलि आश्चर्यको विषय भने पक्कै हो । राष्ट्रिय स्तरको खेलमा यतिधेरै गोल भएका खेल सायदै छैनन् । सुन्दा अचम्म लाग्ला तर स्याङजाको वालिङमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दुई खेलमा कुल २१ गोल भएको छ । जुन सामान्य कुरा भने होइन् ।
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदका लागि सात प्रदेश ३ विभाग र १ एनआरएनको सहभागिता छ । प्रदेशको कुरा गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जिल्ला छनोटदेखी प्रदेश छनोट सम्म गरेर टिम तयार ग¥यो । राष्ट्रिय खेलकुदले खेलाडीको भविष्य कोर्ने काम गर्छ । जहाँ खेलाडीहरुले राष्ट्रिय टिममा वा राष्ट्रका लागि खेल्ने महत्वपूर्ण र सुवर्ण अवसर पाउँछन् । जसका लागि राज्यले छनोटदेखी बन्द प्रशिक्षण सम्मको व्यवस्थापन गरेको हुन्छ । आइतबार वालिङ स्थिति फुटबल मैदानमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेश विरुद्ध ११ गोल ग¥यो ।
राष्ट्रिय प्रतियोगितामा ११–० गोल हुनु भनेको सामान्य होइन् । जिल्लादेखी छनोट भएर प्रदेशमा समेत छनोट भएर टिममा पर्नु ठूलो उपलब्धि हो । तर ११ गोलले हार्ने टोलीका खेलाडीको सपना भने अधुरै रहने निश्चित छ ।
अमिसा कार्की र खुस्मा राई चम्किदा त्रिभुवन आर्मी क्लबले सानदार जित हासिल गरेको छ । आईतबार वालिङ स्थित फुटबल मैदानमा भएको एक पक्षिय खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ११–० को फराकिलो गोल अन्तरले पाखा लगायो । आर्मीको जितमा अमिसाले चार तथा खुस्माले ह्याट्रिक गरिन् ।
खेल सुरु भएको छैटौं मिनेटमा आर्मीकी अमिसा कार्कीले पहिलो गोल गर्दै अग्रता दिलाइन् । १२ औं मिनेटमा खुस्मा राईले दोस्रो गोल गरिन् । १९ औं मिनेटमा हिमा चौधारीले गोल गरिन् । ४१ औं मिनेटमा अमिसा कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–० को स्थितिमा पु¥याए । यस्तै खेलको ४३ औं मिनेटमा हिमा चौधारीले पाँचौ गोल गरिन् भने पहिलो हाफको थप गरिएको तीन मिनेटमा खुस्मा राईले व्यक्तिगत दोस्रो गोल गर्दै ६–० को स्थितिमा पु¥याइन् ।
४८ औं मिनेटमा कुसुम खतिवडाले सातौं गोल गरिन । ६४ औं मिनेटमा अमिसा कार्कीले ह्याट्रिक पुरा गरिन् । ७१ औं मिनेटमा खुस्मा राईले पनि ह्याट्रिक पुरा गरिन् । ८८ औं मिनेटमा सपना लामाले गोल गरिन् । निर्धारित समय सकिएपछि थप गरिएको तीन मिनेटमा अमिसा कार्कीले व्यक्तिगत चौथों गोल गरिन् ।
रेखाको दोहोरो ह्याट्रिकमा पुलिसको १० गोल
आईतबार नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबकी रेखा पौडेल चम्किँदा पुलिसले सानदार जित निकालेको छ । रेखाको दोहोरो ह्याट्रिकमा लुम्बीनी प्रदेशलाई १०–० गोल अन्तरले पाखा लगायो ।
खेल सुरुभएको तेस्रो मिनेटमै पुलिसकी रेखा पौडेलले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको नवौं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् । १८ औं मिनेटमा निर्मला वि.कले गोल गरिन् । २२ औं मिनेटमा रेखा पौडेललले ह्याट्रिक पुरा गरिन् ।
३० औं मिनेटमा निर्मला विकले व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफमा थप गरिएको दुई मिनेटमा दिपा न्यौपानेले गोल गर्दै टोलीलाई ६–० को अग्रतामा पु¥याइन् । ७१ औं र ८० औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । खेलको ८७ औँ मिनेटमा अनुस्का सेर्पाले नवौं गोल गरिन भने निर्धारित समय सकिएपछि थप गरिएको दुई मिनेटमा रेखा पौडेलले दोस्रो ह्याट्रिक पुरा गरिन् ।
