मेसीको दुई गोलमा इन्टर मियामी विजयी

पोखरा स्पोर्टस ।  इन्टर मियामीले न्याशभिलमाथि जित हासिल गरेको छ ।

अमेरिकन मेजर लिग सकर अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्याशभिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीका लागि दुवै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको १७ र ६२औं मिनेटमा गोल गरेका थिए ।  त्यस्तै  न्याशभिलका लागि एक गोल हानी मुख्तरले गरेका थिए ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १९ खेलमा ३८ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्याशभिलको २२ खेलमा ४२ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close