राखेपको वोर्ड बैठक बोलाउन राखेप सदस्यहरु द्वारा मन्त्रीलाई ध्यनाकषर्ण

पोखरा स्पोर्टस । सदस्य सचिवका कारण थला परेको खेलकुदलाई अघि बढाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यहरुले माग गरेका छन् ।

राखेपका अध्यक्ष समेत रहेका यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई एक ज्ञापनपत्र वुझाउँदै वोर्ड सदस्यहरुले यथासिघ्र वोर्ड बैठक बोलाउन माग गरेका हुन । सो बारे जानकारी दिंदै वोर्ड सदस्य सुभाष श्रेष्ठले करिव ७ महिना देखि अवरुद्ध खेलकुदलाई गति दिन वोर्ड वैठक वोलाउन माग गरिएको बताए ।

राखेपका १३ जना सदस्यहरु द्वारा हस्ताक्षर गरिएको पत्रमा खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम वोर्ड बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख गरिएको छ ।

उक्त पत्रमा राखेपका कार्यकारी सदस्य द्वय एकेन्द्र बहादुर कुंवर, नन्दा वस्याल, सदस्यहरु सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, राजेश कुमार गुरुङ, रिम बहादुर रानाभाट, सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, हरि खडका, चन्द्रा वदना राई र सुमित्रा चौधरीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close