
पोखरा स्पोर्ट्स । पिएसजीले फ्रेन्च लिग वानको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले नानटेजलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
पिएसजीको जितमा खेलको ६७औं मिनेटमा भिटिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र सिजनको राम्रो शुरुवात गरेको छ ।
