इङल्याण्डका अलराउन्डर वोक्सको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पोखरा स्पोर्ट्स । इङल्याण्डका अलराउन्डर क्रिस वोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । वोक्सले सामाजिक सञ्जाल मार्फत यो घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सही समय भएको बताउदै सन्यास लिएका हुन् ।

वोक्सले भनेका छन्- ‘इङल्याण्डको लागि खेल्नु बाल्यकालको सपना साकार भएको थियो, जुन मैले मेरो आँगनमा सपना देखेको थिए । म मेरो सपना पूरा गर्न पाउँदा भाग्यमानी महसुस गर्छु ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार, २०११ मा आफ्नो डेब्यू पछि, क्रिस वोक्सले सबै ढाँचाहरूमा इङल्याण्डको लागि २१७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस अवधिमा, उनले ३९६ विकेट लिए र ३७०५ रन बनाएका छन् ।

वोक्सले इङ्गल्याण्डको लागि ६२ टेस्ट, १२२ एकदिवसीय र ३३ टी-२० खेलेका छन् । हालै, भारत विरुद्धको ओभल टेस्टमा घाइते भए पनि ब्यान्डेज लगाएको हातले वोक्स ब्याटिङ गर्न आएका थिए, र त्यतिबेला उनको व्यापक प्रशंसा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close