
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गोरखा जिल्ला सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ ।
एन्फाको बिहिवार सम्पन्न वैठकले गोरखा सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो । गोरखा सहित इलाम, धनुषा, कैलाली, वाँके, मकवानपुर, वर्दिया, नुवाकोट, उदयपुर, सिन्धुपाल्चोक र झापामा फुटबल प्रशिक्षण केन्द निर्माण हुने भएका हुन ।
सो निर्णय वारे जानकारी दिंदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थानिय सरकार सँगको साझेदारीमा पहिलो चरणमा ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्रको निर्माण गरिने पोखरा स्पोर्टसलाई बताउनुभयो । उहाँले भन्नुभयो–“एन्फाको ड्रिम प्रोजेक्टको रुपमा रहेको माछापुच्छ्रे गाउँ पालिकाको भिंडावारीमा निर्माण हुने बहुउद्धेश्यिय एन्फा टेक्निकल सेन्टर सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माणको कामलाई अघि बढाउँदैछौ ।”
एन्फाको ५० प्रतिशत र स्थानिय सरकारको ५० प्रतिशतमा लगानीमा निर्माण हुने फुटबल प्रशिक्षण केन्द्रका लागि एन्फाले ५० हजार डलर तत्काल खर्च गर्ने एन्फा अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो–“फुटबल प्रशिक्षण केन्दको निर्माणले नेपालको फुटबल विकास सँगै खेलाडी उत्पादनमा अहम भुमिका रहनेछ ।”
फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्पुर्ण प्रक्रिया पुरा गरि एन्फामा निवेदन दिएकोले पहिलो चरण अन्तरगत ११ जिल्लामा प्रशिक्षण केन्द्रको काम अघि वढ्ने भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
