नेपालको लगातार दोश्रो हार

 

बंगलादेश ए ले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित ५९ रन बनाए भने आसिफ सेखले २८, लोकेश बमले १५, नन्दन यादवले १४, कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १० रन बनाएका थिए ।

त्यस्तै बंगलादेश ए का बलर राकिबुल हसनले ३ विकेट लिए भने हसन हममुदले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको थियो । बंगलादेश ए का लागि जिशान आलमले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले अविजित ४८, नैम शेखले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर रिजन ढकालले २ विकेट लिए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

नेपालले यस अघि खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए को भने दोस्रो खेलमा यो पहिलो जित हो । बंगलादेश ए ले आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

सिरिजमा अब नेपालले तेस्रो खेल १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close