एभरेष्ट महिला भलिबल लिगको रेफ्रि संयोजकमा टहल सिंह थापाको मनोनयन

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगको रेफ्रि संयोजकमा टहल सिंह थापा मगर मनोनयन भएका छन् ।

नेपाल भलिबल संघले प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लिलाई एक पत्र लेख्दै उनलाई मनोनयन गरेको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग पोखरामा यहि भदौ २० देखि २८ गते सम्म सञ्चालन हुने छ ।

अन्तर्राष्ट्रिय एभिसी भलिबल रेफ्रि थापा दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग रेफ्रि संयोजकको भूमिकामा रहने छन् । उनले आफूलाई विश्वास गरी नेपाल भलिबल संघले दिएको महत्वपूर्ण जिम्मेवारीका लागि आभार व्यक्त गरेका छन् । उनले भने–“यो मेरो लागि ठूलो अवसर हो । म नेपाल भलिबल संघ र अध्यक्ष ज्यूलाई आभार व्यक्त गर्न चाहन्छु ।”

संघले थापालाई रेफ्रि संयोजकको जिम्मेवारी दिंदै प्रतियोगितालाई निश्पक्ष रुपमा सम्पन्न गर्न भनेको छ ।

पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको टाइगर कपमा पाँचौ पटक लगातार रेफ्रि डेलिगेटको भूमिकामा थिए ।

गण्डकी प्रदेश भलिबल संघको महासचिव समेत रहेका थापाले बंगलादेश, हङकङ, नेपाललगायतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरिसकेका छन् भने उनले काभा मेन्स भलिबल च्याम्पियनसिपमा समेत रेफ्रिको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close