
पोखरा स्पोर्टस । सूर्य तारा/नेकोस गण्डकी प्रदेशस्तरीय तेक्वान्दो चैत्र ३ र ४ गते हुने पोखरा लेखनाथमा हुने भएको छ ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ (नेकोस)गण्डकी प्रदेशको संयूक्त आयोजनामा सञ्चालन हुने सूर्य तारा/नेकोस खेलकुद महोत्सव अन्तर्गत उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पुरुष ग्योरोगी इभेन्टतर्फ ४५, ४८, ५१, ५४, ५८ र ६३ केजी तौल मुनी र महिलातर्फ ४२, ४४, ४६, ४९, ५३ र ५७ केजी तौल मुनी प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक बोधराज गिरीले जानकारी दिएका छन् । त्यसै गरी पुरुष र महिलातर्फ पुम्सेको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने विजेता टिमलाई क्रमश नगद रु २५, १५ र १० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ भने तौलतर्फ प्रथम, द्वितिय र तृतिय हुने बिजेता खेलाडीहरुलाई जनही नगद रु १ हजार ५ सय, १ हजार र ५ सय नगदका साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यसै गरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही नगद रु १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
