
पोखरा स्पोर्टस । कास्की बुद्धिचाल संघका अध्यक्ष अनिल कोइरालाको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको हृदयघातका कारण आज (बुधबार) साँझ ५ः३७ मा उपचारको क्रममा ५१ वर्षको उमेरमा निधन भएको हो । दाजु सञ्जीव कोइरालाका अनुसार उनको हिजो (मंगलबार) बिहान हृदयाघात भएको थियो । हृदयाघात लगतै अस्पताल लगिएको भएपनि सम्भव नभएको दाजु सञ्जीबले बताए ।
खेलकुद, ब्यवसाय, लगायत अन्य सामाजिक क्षेत्रमा कृयाशिल स्वर्गिय कोइरालाको बिहिबार बिहान अन्त्येष्टि गरिने भएको छ । भोलि पोखरा–४ गणेशटोल आफ्नै निवासबाट सवयात्रा शुरु हुने दाजु सञ्जीवले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
उनको श्रीमती र दुई छोरा छन् ।
