बुल्समेन क्लबद्वारा हङकङका दुई सहयोगीहरुलाई सम्मान

पोखरा स्पोर्ट्स । बुल्समेन क्लब पोखराले आफ्ना दुई सहयोगी व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच क्लबले सहयोगीद्वय गौतम लेघें गुरूङ परिवार (हङकङ) र सुरज घोताने गुरूङ (हङकङ) लाई सम्मान गरेको हो । उनीहरुलाई क्लबका अध्यक्ष नुना गुरूङ, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, क्लबका सल्लाहकार गौतम उदास, राजकुमार गुरूङ, सचिब उदिम गुरूङ, कोषाध्यक्ष लक्ष्मण (ल्याक्स) गुरूङलगायतले सम्मान गरेका थिए ।

बुल्समेन क्लबले हरेक दुई वर्षमा आयोजना गर्दै आएको बुल्समेन च्याम्पियनसिपमा निरन्तर पुरस्कार वापतको रकम सहयोग गरेको भन्दै क्लबले सहयोग गरेको क्लबका अध्यक्ष गुरूङले बताएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङ विदेशमा बस्ने नेपाली दाजुभाइकै कारण क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नै छुट्टै छाप छोड्न सफल भएको बताउँदै सहयोगी मनहरु प्रति आभार व्यक्त गरे । उनले भने–“बुल्समेन च्याम्पियनसिप सफल बनाउन उहाँहरुको महत्वपूर्ण साथ र सहयोग छ । जसले क्लब संगै खेलाडी उत्पादनमा समेत भूमिका खेलेको छ । उहाँहरुको सहयोगका लागि हार्दिक धन्यबाद ।”

बुल्समेनले खेलकुद र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको छ । १५ वर्ष अघि स्थापित बुल्समेन क्लब शारिरिक सुगठन खेल प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । क्लबले हाल अक्षयकोष स्थापनाको अभियानलाई समेत अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close