
पोखरा स्पोर्ट्स । जापानको हमामात्सुमा सम्पन्न वर्ल्ड केन्पोकाई च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
अन्तिम दिन, नबिन आचार्यले आइआइदो कातामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जिते संगै ऐतिहासिक जित हात पारेको हो ।
यस्तै, टिमका प्रशिक्षक नबिन आचार्य र नाराज बहादुर खड्का (हरि)ले क्रमशः ६औँ डान र ७औँ डानको प्रतिष्ठित परीक्षा उर्तिण गरेका छन् ।
नेपाली टिमले जापानमा प्राप्त सफलता संगै नेपाल केन्पोकाई संघले टिमका सबै खेलाडी, प्रशिक्षक र अफिसियलहरु लाई बधाई दिएको छ । संघले भनेको छ–‘यो सफलता मेहनत, प्रतिबद्धता र राष्ट्रिय भावनाको प्रतिक हो । आगामी दिनमा अझ उच्च लक्ष्यका लागि प्रतिबद्ध रहने छौं ।’
नेपाली टिममा खेलाडी मेनुका अधिकारी र बामदेव सुवेदी, प्रशिक्षक नविन आचार्य, तथा अफिसियल प्रतिनिधि नारज बहादुर खड्का (हरि) र जुना लमिछाने सहभागी रहेका थिए ।
