मेसी बिना इन्टर मियामी ओर्लान्डो सिटीसँग पराजित

पोखरा स्पोर्ट्स ।  इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा ओर्लान्डो सिटी एससीसँग पराजित भएको छ ।

सोमबार बिहान सम्पन्न खेलमा ओर्लान्डो सिटीले इन्टर मियामीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ओर्लान्डो सिटीको जितमा लुइस मुरियलले २ गोल गरेका थिए भने मार्टिन ओजेडा र मारको पासालिकले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल यानिक ब्राइटले गरेका थिए । यस खेलमा इन्जुरीका कारण लियोनेल मेसी खेलेका थिएनन् ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा ओर्लान्डो सिटीको २६ खेलमा ४४ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै इन्टर मियामीको २३ खेलमा ४२ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close