
पोखरा स्पोर्टस । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा ब्याट्सम्यान अर्जुन कुमाललाई पोखरा एभेन्जर्समा आबद्ध भएका छन् । बी क्याटोगोरीमा रहेका कुमाललाई पोखराले ५ लाखमा किनेको हो ।
अर्जुन कुमालले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिममा आवद्ध भएपनि खेल्न पाएका थिएनन् ।
जारी एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् ।
जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किन्ने छन् ।
