
पोखरा । पोखरामा खेलाडीले राष्ट्रिय खेलकुद दिवश मनाएका छन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको आयोजनामा भएको कार्यक्रममा ५७ औं वर्ष अंकित मैन वत्ति वालेर तथा केक समेत काटेर राष्ट्रिय खेलकुद दिवश मनाएका हुन । राष्ट्रिय खेलकुद परिषद (राखेप)को ५७ औं स्थापना दिवशका अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कहरकै विच संघले पोखरा रंगशालामा खेलाडी, विभिन्न खेलकुद संघका पदाधिकारी, प्रशिक्षक तथा खेलकुदका कर्मचारी गरि सिमित व्यक्तिहरुका विच दिवशलाई मनाएका हुन ।
सो अवसरमा खेलाडी, प्रशिक्षक तथा जिल्ला खेलकुद संघका पदाधिकारीहरुले राष्ट्रिय खेलकुद परिषदमा हालै वोर्ड सदस्यमा नियुक्ति पाएका सम्पन्न श्रेष्ठलाई पोखरा रंगशालामा स्वागत समेत गरेका छन । राखेप सदस्य श्रेष्ठलाई पोखरा रंगशालामा विभिन्न १० वटा खेलकुद संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुले स्वागत गरेका थिए ।
सो अवसरमा वोल्दै राखेप सदस्य श्रेष्ठले आफु खेलकुदकै क्षेत्रबाट आएको हुनाले खेलाडीको समस्यामा सँधै एकाकार हुने जनाए । उनले भने–“हिजो म पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदको अध्यक्ष हुँदा खेलाडीकै हितमा ध्यान दिएको थिँए, आगामी दिनमा अझै परिस्कृत रुपमा त्यसलाई निरन्तरता दिनेछु ।” उनले खेलाडीको हितमा काम गर्दा आफूलाई थप उर्जा मिल्ने बताउँदै सवै खेलाडीलाई थप उत्साहका साथ अगाडी वढ्न र राष्ट्रको झण्डा माथी उठाउन आग्रह समेत गरे ।
आफ्नो कार्यकालमा पोखरा लगाएत गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुद पुर्वाधारको विकासमा ध्यान दिएकोले नै पूर्वाधार विकासले गति लिएको बताउँदै राखेप सदस्य श्रेष्ठले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकोले त्यसतर्फको विकासका लागि आफूले ध्यान दिने बताए ।
संघका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गोदारले खेलकुद दिवशले खेलाडीहरुमा उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नयाँ नेपालको खेलकुदले कोल्टे फेरेको बताउँदै १३ औं दक्षिण एशियाली खेलकुदमा प्राप्त उपलव्धीले पनि सवैमा उत्साह जागेको बताए । उनले कोरोना कहरलाई जित्न खेलाडीहरु सक्षम रहेको बताउँदै आफ्नो उत्साहमा कुनै कमि हुन नदिन खेलाडीलाई आग्रह गरे ।
कार्यक्रममा क्युकुसिन कान कराते संघ, क्रिकेट संघ, आर्चरी संघ, हक्की संघ, रग्वी संघ, क्यामपोकाई कराते संघ, सितेरियो कराते संघ, मुआथाई संघ, टेनिस संघ, आरसी फुटबल एकेडेमीका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
