शारीरिक सुगठन टोली थाइल्याण्ड जाँदै

पोखरा, २९ साउन । एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्याण्डको बैंकक जाने भएका छन् ।

अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिट्नेस फिजिकमा राजु राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् ।

थाइल्याण्ड जाने तिनै जना खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए ।

टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close