भारत्तोलनमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले पहिलो स्वर्ण जितेको छ ।

पोखरा उद्योग वाणिज्य संघको हलमा सोमबार राति सम्पन्न पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् । उनले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९७ केजी भार बहन गर्दै सुदूरपश्चिमलाई भारत्तोलनबाट पहिलो स्वर्ण दिलाएका हुन् ।

यस्तै, नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जिते । अशोकले स्न्याचमा ८१ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १८९ र राहुलले स्न्याचमा ८३ र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८८ केजी भार बहन गरेको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले बताए ।

त्यसअघि, सोमबार नै सम्पन्न ३ खेलमा नेपाल आर्मीले २ र नेपाल पुलिसले १ स्वर्ण थपेका थिए । हालसम्म सम्पन्न ८ इभेन्टतर्फ विभागीय टिम नै हावी छन् । जसमध्ये पुलिसले ४, आर्मीले ३ र सुदूरको १ स्वर्ण आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close