पीसीएम कलेजको अध्यक्षमा गण्डकी टेनिसका कायस्थ

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित शिक्षण संस्था मध्येको एक पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम–कलेज)को अध्यक्षमा बिनोद कायस्थ चयन भएका छन् ।

पोखरामा हालै सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेश टेनिस संघको अध्यक्ष समेत रहेका कायस्थ कास्कीको टेनिस बिकासमा महत्वपूर्ण योगदान रहेको छ ।

आफू अध्यक्षमा चयन भए संगै अध्यक्ष कायस्थले कलेजको शाखलाई माथी उठाउने गरी आफूले अझै मेहनत गर्ने बताए । उनले भने–“शिक्षण संस्थामा हाम्रो कलेजको आफ्नै शाख छ । हामी विद्यार्थीहरुको भविष्यलाई अझै उज्जवल बनाउन स्थापनाकाल देखि नै लागिपरेका छौं । अहिले अध्यक्ष जस्तो जिम्मेवारी मेरो काँधमा आएको छ । कलेजको शाखलाई माथी उठाउन सबै संग सहकार्य गर्दै अघि बढ्नेछु ।”

पोखरा विश्वविद्यालयसँग सम्बद्ध पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) “Enter to Learn, Go Forth to Serve” भन्ने उद्धेश्यका साथ सन् २००२ मा स्थापना भएको हो । संस्थाको मुख्य उद्देश्य भनेको राम्रो शिक्षित, आत्मविश्वासी, रचनात्मक तथा अनुकूलन क्षमतायुक्त स्नातक उत्पादन संगै क्षमतावान र प्रतिस्पर्धात्मक विद्यार्थी उत्पादन गर्नु रहेको छ ।

पीसीएमले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (BBA), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनान्स (BBA-Finance) र ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी (BCSIT) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close